नेपाल-चीन सीमामा पहिरोपछि बनेको ताल फुट्ने जोखिमबढेपछि तिब्बतमा उद्धार कार्य स्थगित

नेपाल-चीन सीमामा पहिरोपछि बनेको ताल फुट्ने जोखिमबढेपछि तिब्बतमा उद्धार कार्य स्थगित

चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी खोज तथा उद्धार अभियान अस्थायी रूपमा रोकेको छ । पहिरो गएको दुई दिनपछि सयौँ व्यक्ति बेपत्ता रहेका बेला उद्धार टोलीलाई सुरक्षित स्थानमा फर्काइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

सरकारी प्रसारक सिसिटिभीका अनुसार पहिरोपछि बनेको विशाल तालको पानी उद्धार टोली परिचालित क्षेत्रतर्फ फैलिन थालेपछि टोलीलाई तत्काल उद्धार रोक्न र थप निर्देशन पर्खन भनिएको हो । प्रभावित क्षेत्रमा प्रवेश गरिसकेका आपत्कालीन टोलीलाई समेत करिब एक किलोमिटर पछाडि हटाइएको छ ।

बुधबार तिब्बतको सीमावर्ती केन्द्र ग्यिरोङमा माटो र भग्नावशेष खसेपछि पानी थुनिएर ताल बनेको थियो । लगातार वर्षाका कारण आगामी तीन दिनमा तालको जलस्तर थप बढ्न सक्ने अनुमान गरिएको छ । जलस्तर बढ्दा तालमा दरार पर्न सक्ने र त्यसबाट तल्लो क्षेत्रमा बाढी पस्दा ग्यिरोङ बन्दरगाहलगायतका स्थानमा थप क्षति हुन सक्ने जोखिम रहेको सिन्ह्वाले जनाएको छ ।

शुक्रवारसम्म विपद् क्षेत्रबाट ४९९ चिनियाँ र ५५५ विदेशी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । उद्धारकर्मीले ड्रोनबाट तयार गरिएको थ्रीडी मोडल, तापीय तस्बिर प्रविधि तथा म्यानुअल खोजीमार्फत बेपत्ताको खोजी जारी राखेका छन् ।

आपत्कालीन इन्जिनियरिङ टोलीले तालको अवस्था नजिकबाट निगरानी गरिरहेको छ । बाढीको जोखिम कम भएपछि खोज तथा उद्धार अभियान पुनः सञ्चालन गरिने अपेक्षा गरिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आज जनैपूर्णिमा पर्व मनाइँदै – सार्वजनिक सेवा प्रसारण संस्था

आज जनैपूर्णिमा पर्व मनाइँदै – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल-चीन सीमामा पहिरोपछि बनेको ताल फुट्ने जोखिमबढेपछि तिब्बतमा उद्धार कार्य स्थगित

नेपाल-चीन सीमामा पहिरोपछि बनेको ताल फुट्ने जोखिमबढेपछि तिब्बतमा उद्धार कार्य स्थगित

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली

सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली

इप्पानले पाँच करोड रुपैयाँ सहयोग गर्ने

इप्पानले पाँच करोड रुपैयाँ सहयोग गर्ने

विद्युत् आपूर्ति नियमित हुँदै – सार्वजनिक सेवा प्रसारण संस्था

विद्युत् आपूर्ति नियमित हुँदै – सार्वजनिक सेवा प्रसारण संस्था

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान – सार्वजनिक सेवा प्रसारण संस्था