सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली

सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली

हेटौँडा (मकवानपुर)- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हेटौँडावासीको अवस्था बुझ्न नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँसहितको टोली धादिङ तथा काठमाडौँका विभिन्न अस्पताल पुगेको छ ।

टोलीले बिहीबार धादिङको गल्छी क्षेत्रसहित त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर उपचाररत घाइते, उद्धार गरिएका तथा सम्पर्कविहीन व्यक्तिका बारेमा जानकारी लिएको नगरप्रमुख लामाले बताउनुभयो ।

बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुँदा परिवारसँग सम्पर्क टुटेका नगरवासीको अवस्था पहिचान गर्न सम्भावित अस्पताल तथा उद्धार केन्द्रमा पुगेर विवरण सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो ।

“हामी धादिङको गल्छी क्षेत्रसहित काठमाडौँका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पुग्यौँ”, नगरप्रमुख लामाले भन्नुभयो, “आज अन्य सम्भावित स्थानमा पुग्नेछौँ । परिस्थिति अनुकूल भए रसुवासम्म जाने तयारी छ ।”

टोलीले अस्पतालमा उपचाररत घाइतेको अवस्था, उद्धार गरिएका व्यक्तिको पहिचान तथा सम्पर्कविहीनको खोजी कार्यबारे सम्बन्धित निकायसँग जानकारी लिएको छ । प्राप्त विवरणलाई पीडितपरिवारबाट सङ्कलित विवरणसँग भिडाएर अवस्था एकिन गर्ने प्रयास भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६२६ पुग्यो, २४२६ जना सम्पर्कमा छैनन्

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६२६ पुग्यो, २४२६ जना सम्पर्कमा छैनन्

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

सहयोग प्राप्त हुनेक्रम जारी – सार्वजनिक सेवा प्रसारण संस्था

सहयोग प्राप्त हुनेक्रम जारी – सार्वजनिक सेवा प्रसारण संस्था

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

भाद्र कृष्ण प्रतिपदाः गाईजात्रा पर्व मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः गाईजात्रा पर्व मनाइँदै