३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार




काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान गुमाउने ३५९ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धादिङमा ३३ र नुवाकोटमा २८ जनाको शव फेला परेको हो ।

त्यसैगरी, रसुवामा १७, गोरखामा ३०, नवपरासीपूर्वमा ८२, नवपरासी पश्चिममा १५, तनहुँमा २२ र  चितवनमा १३२ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७९६ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

आज मात्रै उद्धारका लागि ६९ वटा हेलिकप्टर उडान भएका छन् । हालसम्म कुल ५० जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । साथै जमिनबाट हालसम्म ७५६ जनाको उद्धार गरिएको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित जिल्लाहरु रसुवा र नुवाकोटका लागि रु एक÷एक करोड र धादिङलाई रु ५० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रभावित क्षेत्रमा हालसम्म १० ट्रक राहत सामग्री पठाइएको छ । जसमा चाउचाउ, बिस्कुट, ‘स्लिपिङ ब्याग’, ‘म्याट्रेस’, ब्ल्याङ्केटलगायत छन् । प्रभावित क्षेत्रमा सञ्चार ‘सेट’हरू पनि पठाइएको छ । हेलिकप्टरबाट चार उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पनि पठाइएको छ ।

प्राधिकरणका अनुसार हाल ९१० जना सम्पर्कविहीन छन् । जसमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, रसुवाका १६१ र नुवाकोटका एक जना छन् । साथै विदेशी नागरिक ५१७ जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना सम्पर्कविहीन छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन्: प्रधानमन्त्री

राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन्: प्रधानमन्त्री

३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

भोटेकोशीमा थप बाढीको जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढीमा परेका ३ सय ३२ जनाको शव फेला

बाढीमा परेका ३ सय ३२ जनाको शव फेला

विपद्मा दलहरु एकजुट भइ काम गर्न सर्वदलीय संयन्त्र गठन

विपद्मा दलहरु एकजुट भइ काम गर्न सर्वदलीय संयन्त्र गठन

बाढीमा परेका ३ सय ३२ जनाको शव फेला

बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु,बेपत्तामध्ये ३६ जना सम्पर्कमा