निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न आग्रह

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न आग्रह

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्राचार गरिएको छ।

आफ्नै हिसाबले सञ्चालन हुँदा उक्त क्षेत्रमा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुने भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित ढंगले कार्य अघि बढाउन भनिएको छ।

सेनाको हेलिकप्टर उडाउनुपर्ने अवस्था आएमा समितिले सम्बन्धित जिल्लाको नेपाली सेनाको टोलीसँग समन्वय गर्नुपर्ने तथा निजी हेलिकप्टर आवश्यक परेको खण्डमा प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गरी तुरुन्त उद्धारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

निजी हेलिकप्टर व्यवस्थापनका लागि प्राधिकरणले हेली एभरेस्टका सचित अर्याल,अल्टिच्यूड एयरका मिङ्मा शेर्पा र एयर डाइनाष्टीका बालकृष्ण पण्डितलाई सम्पर्क व्यक्ति तोकेको छ।

जथाभावी उडान गर्दा हुनसक्ने सम्भावित हेलिकप्टर दुर्घटना र अन्य प्राविधिक समस्याहरूलाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो।

Source link

संबधित खबर

धेरै पढ़िएको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल पुर्‍याउन मन्त्री चौधरीले सांसदहरु छलफल

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल पुर्‍याउन मन्त्री चौधरीले सांसदहरु छलफल

सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार

सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार

सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६२६ पुग्यो, २४२६ जना सम्पर्कमा छैनन्

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६२६ पुग्यो, २४२६ जना सम्पर्कमा छैनन्

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती