प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटको विदुरमा

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटको विदुरमा




काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गर्नुभएको छ।

​प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी हुनुहुन्छ।

उहाँहरू आज बिहान ९:३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, विदुरतर्फ प्रस्थान गर्नुभएको हो।

​हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा क्षति पुर्‍याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहनुभएको छ।

बाढीको लगत्तै उहाँले उच्चस्तरीय बैठकहरू आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुका साथै निरन्तर सहजीकरण गर्दै आउनुभएको छ।

​बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्नुहुनेछ।

​भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधार मन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ। साथै, सम्पूर्ण प्रभावित क्षेत्रहरूमा द्रुत गतिमा राहत पुर्‍याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन उहाँहरूले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु,बेपत्तामध्ये ३६ जना सम्पर्कमा

बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु,बेपत्तामध्ये ३६ जना सम्पर्कमा

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न आग्रह

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न आग्रह

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटको विदुरमा

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटको विदुरमा

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा

बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु,बेपत्तामध्ये ३६ जना सम्पर्कमा

बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु