पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान

पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान

काठमाडौँ-  साहित्य सन्ध्याले पाँचजना स्रष्टा तथा व्यक्तित्वलाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्रदान गरेको छ।

पद्मकन्या क्याम्पस, बागबजारमा आयोजित ४७९औँ विशेष शृङ्खलामा डा. बिन्दु शर्मा, ओमप्रसाद कोइराला, सान्नानी मिजार, लक्ष्मी तामाङ र गणेशप्रसाद खतिवडालाई विभिन्न विधाका पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा साहित्यकार एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वमन्त्री एवं साहित्यकार शान्ता मानवी, सन्ध्याका अध्यक्ष राम विनयसहितले ती सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो ।

सो क्रममा दाङकी साहित्यकार डा  शर्माले २१ हजार १०० राशिको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान र ओखलढुङ्गाका साहित्यकार ओमप्रसाद कोइरालाले पाँच हजार राशिको साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान प्राप्त गर्नुभयो । यस्तै सामाजिक रुपान्तरण अभियानकी अभियन्ता तथा जनप्रतिनिधि सान्नानी मिजारलाई १० हजार राशिको साहित्य सन्ध्या-मन पुरस्कार तथा सम्मान प्रदान गरियो ।

त्यसैगरी, नुवाकोट स्थायी घर भई हाल भीमसेनगोला माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत जेहेनदार विद्यार्थी लक्ष्मी तामाङलाई १० हजार राशिको साहित्य सन्ध्या-कृबा (कृष्णचन्द्र-बालकुमारी सत्याल) पुरस्कार तथा सम्मान प्रदान गरियो । सोलुखुम्बु स्थायी ठेगाना भई हाल काठमाडौँ निवासी नियात्राका गणेशप्रसाद खतिवडालाई १० हजार राशिको साहित्य सन्ध्या-हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान अर्पण गरियो ।

पुरस्कार छनोटका लागि प्रा केशव सुवेदीका संयोजत्वमा समिति गठन गरिएको संस्थाका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिनुभयो । वि.सं.२०३९ मा स्थापित साहित्य सन्ध्याले हरेक महिनाको पहिलो शनिबार कवि गोष्ठी तथा वैचारिक परिचर्चा कार्यक्रम सञ्चालन गर्दै आएको छ भने स्रष्टालाई सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री

पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान

पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान

गण्डकी प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरु फिर्ता बोलाइयो

गण्डकी प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरु फिर्ता बोलाइयो

भोजपुरमा कोदोखेती घट्दै – सार्वजनिक सेवा प्रसारण संस्था

भोजपुरमा कोदोखेती घट्दै – सार्वजनिक सेवा प्रसारण संस्था

आहा, यस्तो पो झरना ! – सार्वजनिक सेवा प्रसारण संस्था

आहा, यस्तो पो झरना ! – सार्वजनिक सेवा प्रसारण संस्था

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता