पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा- पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

पहिरो खसेसँगै सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ ।

राजमार्गको पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

आज बिहान ७ः०० बजेको समयमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । पहिरो खसेको स्थानमा सडक खुलाउने तथा अवरोध हटाउने तयारी भए पनि निरन्तर पहिरो झरिरहेका कारण तत्कालै काम सुरु गर्न सक्ने अवस्था नरहेको भट्टराईले बताउनुभयो ।

राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाड जाने र पहाडबाट तराई झरेका सवारीसाधन बाटोमै रोकिएका छन् । उक्त मार्ग भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, बाग्लुङसम्मका सवारीसाधन सञ्चालन हुन्छ ।

प्रहरीले पहिरो प्रभावित क्षेत्रमा अनावश्यक रूपमा आवतजावत नगर्न तथा सडक खुल्ने अवस्था नआएसम्म यात्रु तथा चालकलाई सुरक्षित स्थानमा रहन प्रहरी प्रशासनले सबैमा अनुरोध गरेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि

बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषयसम्ममा सांसदको चासो

बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषयसम्ममा सांसदको चासो

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेस

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेस

रौतहट र सर्लाहीमा ३ वटा पुल निर्माण कार्य अधुरै, स्थानीयलाई सास्ती

रौतहट र सर्लाहीमा ३ वटा पुल निर्माण कार्य अधुरै, स्थानीयलाई सास्ती

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

देशका विभिन्न सडकमा यातायात अवरुद्ध, पहिरो पन्छाएसँगै सिद्धार्थ राजमार्ग भने सञ्चालनमा

देशका विभिन्न सडकमा यातायात अवरुद्ध, पहिरो पन्छाएसँगै सिद्धार्थ राजमार्ग भने सञ्चालनमा

टोखा–छहरे सडक राति बन्द हुने

टोखा–छहरे सडक राति बन्द हुने