टोखा–छहरे सडक राति बन्द हुने

टोखा–छहरे सडक राति बन्द हुने

त्रिशूली (नुवाकोट)- वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको नाका रसुवागढीसम्म जोड्ने मुख्य सडकमा पहिरोको जोखिम बढेपछि हरेक दिन राति १०ः०० देखि बिहान ५ः०० बजेसम्म यातायात बन्द गरिएको हो ।

शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा वर्षाका कारण लेदो, पहिरो तथा गेग्रान खस्ने जोखिम बढेपछि यात्रुको सुरक्षालाई ध्यानमा राखी रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । भदौ १ गते रातिदेखि लागू भएको यो व्यवस्था अर्को सूचना जारी नभएसम्म कायम रहनेछ ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले जोखिमयुक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरी एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारीसाधनलाई भने सञ्चालन गर्न दिइने बताउनुभयो । उहाँले वर्षाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारण, यातायात व्यवसायी र सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले सडक तथा मौसमको अवस्था अझै जोखिमपूर्ण रहेकाले सावधानी अपनाउन र प्रशासनको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ । विपद्सम्बन्धी जानकारी तथा सहयोगका लागि जिल्ला प्रहरी कार्यालयको १००, सशस्त्र प्रहरी बलको १११४ र जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि

बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषयसम्ममा सांसदको चासो

बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषयसम्ममा सांसदको चासो

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेस

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेस

रौतहट र सर्लाहीमा ३ वटा पुल निर्माण कार्य अधुरै, स्थानीयलाई सास्ती

रौतहट र सर्लाहीमा ३ वटा पुल निर्माण कार्य अधुरै, स्थानीयलाई सास्ती

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

देशका विभिन्न सडकमा यातायात अवरुद्ध, पहिरो पन्छाएसँगै सिद्धार्थ राजमार्ग भने सञ्चालनमा

देशका विभिन्न सडकमा यातायात अवरुद्ध, पहिरो पन्छाएसँगै सिद्धार्थ राजमार्ग भने सञ्चालनमा

टोखा–छहरे सडक राति बन्द हुने

टोखा–छहरे सडक राति बन्द हुने