
स्याङ्जा- स्याङ्जाको पुतलीबजार नगरपालिका-१ स्थित अरौदीखोलाले बगाउँदा मोटरसाइकलसहित एक युवक बेपत्ता भएका छन्। बुधबार राति मोटरसाइकलमा सवार दुई जनालाई खोलाले बगाएकोमा एक जना भने सकुशल छन।
मोटरसाइकल चालक पुतलीबजार नगरपालिका–३ बाडखोलाका २१ वर्षीय सलिम मगर खोलाले बगाएपछि हालसम्म सम्पर्कविहीन छन्।
मोटरसाइकलको पछाडि सवार पुतलीबजार नगरपालिका–३ पुतलीखेतका १७ वर्षीय समिप शाही भने सकुशल रहेका छन्।
बगाएको मोटरसाइकल ग ११ प ८१८३ नम्बरको रहेको प्रहरीले जनाएको छ।
बिहीबार बिहान करिब ६ः४५ बजे घटनास्थलबाट करिब १०० मिटर तल खोलामा मोटरसाइकल फेला परेको थियो। प्रहरीले मोटरसाइकल निकालिसकेको भए पनि चालक मगरको अवस्था भने अझै अज्ञात रहेको छ।।

