सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आज विश्वासको मत लिनुहुँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आज विश्वासको मत लिनुहुँदै

कैलाली- सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ ।

बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिनुभयो ।

यस्तै, विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूचीमा रहेको उहाँले बताउनुभयो ।

सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गत असार ३१ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लाग्नुभएको हो ।

संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधानअनुरुप उहाँले विश्वासको मत दिन लाग्नुभएको हो । बुधबार सभामुख भीमबहादुर भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै मुख्यमन्त्री शाहले प्रदेशसभा बैठक आह्वानका लागि पत्र पठाउनुभएको थियो ।

सुदूरपश्चिम प्रदेशसभामा ५३ जना सदस्य रहेका छन् । तीमध्ये मुख्यमन्त्री शाह नेतृत्वको नेपाली कांग्रेसबाट १८, नेपाली कम्युनिष्ट पार्टीबाट सभामुखसहित २२, एमालेबाट ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना प्रदेशसभा सदस्य रहेका छन् ।

सरकार गठन वा विश्वासको मतका पक्षमा २७ जना आवश्यक पर्छन् । हाल एक जना देश बाहिर र एक जना निलम्बनमा रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

अर्थमन्त्री वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

अर्थमन्त्री वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको राजीनामा

चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन

चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन

‘उडान परियोजना’ मार्फत ४५ हजार युवालाई निःशुल्क डिजिटल सीप दिइने

‘उडान परियोजना’ मार्फत ४५ हजार युवालाई निःशुल्क डिजिटल सीप दिइने

स्पेनमा शताब्दीपछिको सूर्यग्रहण – सार्वजनिक सेवा प्रसारण संस्था

स्पेनमा शताब्दीपछिको सूर्यग्रहण – सार्वजनिक सेवा प्रसारण संस्था

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आज विश्वासको मत लिनुहुँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आज विश्वासको मत लिनुहुँदै

सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन

सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन