रोल्पामा पहिरोले पुरिँदा दुई जनाको मृत्यु, १० जना वेपत्ता

रोल्पामा पहिरोले पुरिँदा दुई जनाको मृत्यु, १० जना वेपत्ता

दशरथ घिमिरे, दाङ – अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

पहिरोमा परी सम्पर्कविहीन भएका १० जनाको आज बिहानैदेखि खोजी भइरहेको छ । अविरल वर्षापछि बुधबार राति खसेको पहिरोले करिब ६ वटा घर तथा गोठ पुरेपछि उनीहरू सम्पर्कविहीन भएका हुन् । पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् ।

पहिरोमा परेर थबाङ-५ बोटलबारा निवासी १८ वर्षीया शान्ती पुन मगर र करिब ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर हुनुहुन्छ ।

बुधबार राति स्थानीय कमलबहादुर पुन मगरको घरसहित आसपासका घर तथा गोठमा पहिरो खसेको प्रहरीले जनाएको छ । घरभन्दा माथिको पहाडको चुरोबाट खसेको पहिरोलेले बाटोसहित ६-७ वटा घर तथा संरचना बगाएर उवा खोलातर्फ पुर्‍याएको बताइएको छ । घटनास्थलमा तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसहित जिल्लाका सुरक्षा प्रमुखहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्यको समन्वय गरिरहनुभएको छ । सुरक्षाकर्मीसँगै स्थानीय समुदायसमेत खोजी तथा उद्धारमा जुटेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी पञ्चबहादुर बाकुले हराइरहेकाको खोजी र उद्धार कार्य जारी रहेको जानकारी दिनुभएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता 

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता 

खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न सांसदहरुको आग्रह

खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न सांसदहरुको आग्रह

पूर्व प्रधानमन्त्री देउवा – सार्वजनिक सेवा प्रसारण संस्था

पूर्व प्रधानमन्त्री देउवा – सार्वजनिक सेवा प्रसारण संस्था

हुम्लामा काँचाे स्याउ बिक्रीमा राेक, गुलियोपनको परीक्षणपछि मात्र बेच्न पाइने

हुम्लामा काँचाे स्याउ बिक्रीमा राेक, गुलियोपनको परीक्षणपछि मात्र बेच्न पाइने

पहिरोमा परी मृत्यु भएका चार जनाको सनाखत, ९ जना अझै बेपत्ता

पहिरोमा परी मृत्यु भएका चार जनाको सनाखत, ९ जना अझै बेपत्ता

दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर १६देखि २९ गतेसम्म सुर्खेतमा गर्ने निर्णय

दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर १६देखि २९ गतेसम्म सुर्खेतमा गर्ने निर्णय