देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ ।
मधेस प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने छ ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एवं लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको पनि सम्भावना छ । मुलुकका पहाडी भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

मधेस र कोशी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना जनाएको छ ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

पशुपतिनाथलगायत देशका शिवालयहरुमा दर्शनार्थीको घुइँचो – सार्वजनिक सेवा प्रसारण संस्था

पशुपतिनाथलगायत देशका शिवालयहरुमा दर्शनार्थीको घुइँचो – सार्वजनिक सेवा प्रसारण संस्था

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

गुल्मी अस्पतालको ठेक्का तोडन मन्त्री लम्सालको निर्देशन

गुल्मी अस्पतालको ठेक्का तोडन मन्त्री लम्सालको निर्देशन

नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

दोलालघाटबाट सुनकोसीमा बेपत्ता तिलकुमारीको शव ओखलढुंगामा फेला

दोलालघाटबाट सुनकोसीमा बेपत्ता तिलकुमारीको शव ओखलढुंगामा फेला

संविधानको लेन भित्रैबाट सरकारका कामको गति बढाऊ:

संविधानको लेन भित्रैबाट सरकारका कामको गति बढाऊ:

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर