यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

जनकपुरधाम- सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ ।

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र मृतक परिवारबीच शुक्रबार साँझ भएको सहमतिअनुसार मृतक यादवको परिवारका लागि दुई कोठे घर, किचन र शौचालय निर्माण गरिदिने भएको हो ।

प्रदेश सरकारारा सञ्चालित ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत मृतक यादवको परिवारलाई घर बनाइने सहमति पत्रमा उल्लेख छ ।

सुनसरीको देवानगञ्ज घटनाको विषयलाई लिएर सिरहाको गोलबजारमा यही साउन १४ गते भएको प्रदर्शनको क्रममा गोली लागेर यादवको मृत्यु भएको थियो । मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेको पाइएकोले प्रदेश सरकारको तर्फबाट घर निर्माण गरिदिने सहमति भएको मन्त्री सिंहले बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह मृत फेला

कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह मृत फेला

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

अनुदानमा भैँसी वितरणले किसान उत्साहित

अनुदानमा भैँसी वितरणले किसान उत्साहित

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना