सुनकोसीमा खसेको कार र यात्रुको अवस्था अझै अज्ञात

सुनकोसीमा खसेको कार र यात्रुको अवस्था अझै अज्ञात

सिन्धुली- सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित मध्यपहाडी राजमार्गमा बसको ठक्करपछि सुनकोसी नदीमा खसेर बेपत्ता भएका यात्रुहरुको अवस्था अझै अज्ञात छ। खोलामा खसेको कारसमेत पत्ता लगाउन सकिएको छैन ।

नदीमा पानीको उच्च बहावका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको र हालसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सोमबार काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले सडक छेउमा रोकिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिँदा कार करिब ५० फिट तल सुनकोसी नदीमा खसेको थियो ।

दुर्घटनामा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का ३९ वर्षीय निर्माण व्यवसायी दिलकुमार लामा, सिन्धुली गोलन्जोर गाउँपालिका–१ का २८ वर्षीय गणेश थापा र तीनपाटन गाउँपालिका–९ का १७ वर्षीय सुजन बलम्पाकी मगर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक रविन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटको गोताखोर टोली, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा खोजी कार्य निरन्तर भइरहेको छ ।

मंगलबारदेखि ड्रोन र म्याग्नेटसहितका आधुनिक उपकरण प्रयोग गरी खोजीलाई थप तीव्र बनाइएको भएपनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

नदीको उच्च बहाव र तीव्र करेन्टका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार १५ सदस्यीय गोताखोर टोलीले दुई वटा डुङ्गाको प्रयोग गरी नवलपुरदेखि घुर्मीसम्मका विभिन्न सम्भावित क्षेत्रमा खोजी कार्य जारी राखेको थियो ।

दुर्घटनामा संलग्न बसका चालक फिक्कल गाउँपालिका–६ का २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

यता, पीडित परिवार र स्थानीयवासीले उचित क्षतिपूर्ति तथा जिम्मेवार पक्षसँग वार्ताको माग गर्दै खुर्कोट–घुर्मी सडकखण्डमा लगातार तीन दिन देखि अवरुद्ध गर्दै आएका छन् ।

बस धनी र यातायात व्यवसायीसँग छलफल भइरहेको र सडक सञ्चालनको प्रयास भइरहेको प्रजिअ श्रेष्ठले जानकारी दिनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्सेमा सामान्य सुधार – सार्वजनिक सेवा प्रसारण संस्था

नेप्सेमा सामान्य सुधार – सार्वजनिक सेवा प्रसारण संस्था

कोशी सरकारको नेतृत्व विवाद मिलाउन ओलीको सक्रियता

कोशी सरकारको नेतृत्व विवाद मिलाउन ओलीको सक्रियता

त्रिवि शिक्षण अस्पतालका सुरक्षा गार्डलाई सीपीआर र सञ्चार तालिम

त्रिवि शिक्षण अस्पतालका सुरक्षा गार्डलाई सीपीआर र सञ्चार तालिम

ब्रोड पिकमा मृत्यु भएका चार पर्वतारोहीको शव आधार शिविर ल्याइयो

ब्रोड पिकमा मृत्यु भएका चार पर्वतारोहीको शव आधार शिविर ल्याइयो

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

सुनकोसीमा खसेको कार र यात्रुको अवस्था अझै अज्ञात

सुनकोसीमा खसेको कार र यात्रुको अवस्था अझै अज्ञात

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार