सुनकोशीमा खसेको कार र तीन जना अझै बेपत्ता, ड्रोनसहित उच्च प्रविधिबाट खोजी जारी

सुनकोशीमा खसेको कार र तीन जना अझै बेपत्ता, ड्रोनसहित उच्च प्रविधिबाट खोजी जारी

सिन्धुली–  सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा बसको ठक्करपछि सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार तीन जना अझै बेपत्ता रहेका छन्। नेपाल प्रहरीले ड्रोन, गोताखोर र अन्य उच्च प्रविधिको प्रयोग गरी खोजी कार्यलाई निरन्तरता दिएको जनाएको छ । सोमबार भएको दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली, नेपाली सेना र स्थानीयवासीको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रबिन्द्रबहादुर सिंहका अनुसार सुनकोशी नदीको तीव्र बहाव, धमिलो पानी र बाढीका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ।दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का ३९ वर्षीय दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का गणेश थापा र तीनपाटन गाउँपालिका–९ का १७ वर्षीय सुजन बलमपाकी मगर बेपत्ता छन् । यसैबीच, बेपत्ता व्यक्तिका परिवार र स्थानीयवासीले उचित क्षतिपूर्ति, घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन्। प्रहरीका अनुसार खुर्कोट र नवलपुरमा अवरुद्ध गरिएको सडकमध्ये खुर्कोट खण्ड सञ्चालनमा आएको छ भने नवलपुर क्षेत्रमा अवस्था सामान्य बनाउन प्रयास जारी छ।

प्रहरीका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको यात्रुबाहक बसले सडक छेउमा रोकिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि कार सुनकोशी नदीमा खसेको थियो। दुर्घटनापछि बस चालक हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

परराष्ट्रमन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

प्रवक्ता पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

प्रवक्ता पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

सुनकोशीमा खसेको कार र तीन जना अझै बेपत्ता, ड्रोनसहित उच्च प्रविधिबाट खोजी जारी

सुनकोशीमा खसेको कार र तीन जना अझै बेपत्ता, ड्रोनसहित उच्च प्रविधिबाट खोजी जारी

अर्थमन्त्री वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

अर्थमन्त्री वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

सुकुमवासीलाई लालपुर्जा वितरण गर्न सुरु गरिसकेका छौँः मन्त्री रावल

सुकुमवासीलाई लालपुर्जा वितरण गर्न सुरु गरिसकेका छौँः मन्त्री रावल

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

गृहमन्त्री गुरुङ र मेहताका परिवारबीच वार्ता

गृहमन्त्री गुरुङ र मेहताका परिवारबीच वार्ता