गृहमन्त्रीद्वारा मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण

गृहमन्त्रीद्वारा मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण

महोत्तरी – गृहमन्त्री सुधन गुरुङले महोत्तरीको मटिहानी नगरपालिकास्थित मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नु भएको छ ।

आइतबार मटिहानी पुग्नु भएका गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा रहेका सीमास्तम्भको स्थलगत निरीक्षण गर्दै सीमाको वर्तमान अवस्था, सुरक्षा व्यवस्थापन तथा आवतजावतको अवस्थाबारे जानकारी लिनुभएको हो ।

निरीक्षणका क्रममा उहाँले सीमा सुरक्षामा खटिएका सुरक्षा निकायका अधिकारीहरूसँग सीमामा देखिएका चुनौती, अवैध गतिविधि नियन्त्रण तथा सीमा व्यवस्थापनका विषयमा छलफल समेत गर्नुभएको थियो ।

गृहमन्त्री गुरुङले मटिहानीस्थित सशस्त्र प्रहरी बलको बीओपी पुगेर सुरक्षा अवस्थाबारे ब्रिफिङ लिनुका साथै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सतर्कता अपनाउन निर्देशन दिनुभयो ।

पछिल्लो समय मधेसका विभिन्न जिल्लामा दुई समुदायबीच देखिएको तनावकाबीच गृहमन्त्री गुरुङले मटिहानीस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको लक्ष्मीनारायण मठमा पूजा–अर्चना गर्नुका साथै पीरबाबा मजारमा समेत पुग्नु भएको थियो ।

मटिहानीमा गृहमन्त्री गुरुङलाई मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहितको टोलीले स्वागत गरेको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

गोलबजार क्षेत्रमा जारी कर्फ्यू हटाइयो

गोलबजार क्षेत्रमा जारी कर्फ्यू हटाइयो

निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

गृहमन्त्रीद्वारा मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण

गृहमन्त्रीद्वारा मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण

कल बाइसपास’मा संलग्न चार जना पक्राउ

कल बाइसपास’मा संलग्न चार जना पक्राउ

देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला: सभापति थापा

देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला: सभापति थापा

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते