देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला: सभापति थापा

देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला: सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वबीच विवाद भइरहँदा दुवै पक्षलाई जोड्नुपर्छ भन्ने अभियानले यही साउन २० गते राजधानीमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ ।
‘देश र कांग्रेस जोड्ने अभियान’ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस एक हुनुपर्छ भन्ने पक्षधरका नेता कार्यकर्ताको भेला राजधानीमा आयोजना गर्न लागिएको जानकारी दियो । पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य समेत रहनुभएका कांग्रेस नेता रञ्जित कर्णले पार्टी सभापति गगनकुमार थापा र शनिबार चुनदेवीको पत्रकार सम्मेलनबाट संयोजक घोषणा गरिनुभएका डा शशाङ्क कोइराला पार्टी एक बनाउन लाग्नुपर्ने बताउनुभयो ।
पूर्व केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता कमजोर हुने गरेकाले कांग्रेसलाई एक बनाउन दबाब दिने उद्देश्यले साउन २० गते भेला गर्न लागिएको जानकारी दिनुभयो । पार्टी एकताको आवश्यकता देखेर कांग्रेस जोड्ने अभियान आजैदेखि सुरु गरिएको उहाँले बताउनुभयो । भेलामा सहभागी हुन एक हजार ३५९ प्रतिनिधिले नाम दर्ता गराएका नेता महरले बताउनुभयो ।
कार्यक्रममा तनहुँको भानु नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठीले कांग्रेस एक बनाएर देश र कांग्रेस जोड्ने अभियानमा साथ दिन देशभरका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

गोलबजार क्षेत्रमा जारी कर्फ्यू हटाइयो

गोलबजार क्षेत्रमा जारी कर्फ्यू हटाइयो

निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

गृहमन्त्रीद्वारा मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण

गृहमन्त्रीद्वारा मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण

कल बाइसपास’मा संलग्न चार जना पक्राउ

कल बाइसपास’मा संलग्न चार जना पक्राउ

देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला: सभापति थापा

देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला: सभापति थापा

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते