लमजुङमा विद्यार्थीहरुको सद्भाव र्‍याली – सार्वजनिक सेवा प्रसारण संस्था

लमजुङमा विद्यार्थीहरुको सद्भाव र्‍याली – सार्वजनिक सेवा प्रसारण संस्था

लमजुङ- पछिल्लो समय सुनसरी, सिरहालगायत देशका केही जिल्लामा देखिएको जातीय तथा धार्मिक तनावका घटनाप्रति चिन्ता व्यक्त गर्दै लमजुङको सुन्दरबजारमा विद्यार्थीहरूले शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले शान्तिपूर्ण ऐक्यबद्धता तथा सद्भाव र्‍याली निकालेका छन्।

फ्यूचर स्टार माध्यमिक विद्यालय, भोटेओडारका विद्यार्थीले निकालेको र्‍यालीले समाजमा बढ्दै गएको विभाजनकारी सोच, घृणा र हिंसाको विरोध गर्दै आपसी सम्मान, सहिष्णुता र संवादको संस्कृतिलाई बलियो बनाउनुपर्ने सन्देश दिएको छ।

विद्यार्थीहरूले  शान्ति, सद्भाव र एकताका लागि शान्तिपूर्ण ऐक्यबद्धता र्‍याली लेखिएको ब्यानरसहित नगर परिक्रमा गरेका थिए। 

र्‍यालीमा सहभागी विद्यार्थीहरूले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले विविधतालाई विभाजनको आधार नभई राष्ट्रिय शक्तिका रूपमा स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

उनीहरूले सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना, अफवाह र उत्तेजनात्मक अभिव्यक्तिबाट सचेत रहन सबैलाई आग्रह समेत गरेका छन्। सुन्दरबजार नगरपालिकाका दुई स्थानमा निकालिएको र्‍यालीमा स्थानीय मुस्लिम समुदायको समेत सहभागिता रहेको थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान

संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान

एक वर्षमा ३३३ उद्योग दर्ता

एक वर्षमा ३३३ उद्योग दर्ता

निर्मल पुर्जा सहित आरोहीको निधनप्रति प्रधानमन्त्री शाहद्वारा दुःख व्यक्त

निर्मल पुर्जा सहित आरोहीको निधनप्रति प्रधानमन्त्री शाहद्वारा दुःख व्यक्त

कुबेतमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याइँदै

कुबेतमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याइँदै

मधेशमा ९१ दशमलव ५५ प्रतिशतमा क्षेत्रफलमा रोपाइँ सम्पन्न

मधेशमा ९१ दशमलव ५५ प्रतिशतमा क्षेत्रफलमा रोपाइँ सम्पन्न

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल आयल निगम – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल आयल निगम – सार्वजनिक सेवा प्रसारण संस्था