वीरगञ्जमा भोलि विहानसम्म निषेधाज्ञा जारी

वीरगञ्जमा भोलि विहानसम्म निषेधाज्ञा जारी

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाको तोकिएको चारकिल्लाभित्र पाँच वा सोभन्दा बढी व्यक्ति जम्मा हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज निषेधाज्ञा आदेश जारी गर्दै आज साँझ ५ बजेदेखि भोलि शुक्रवार बिहान ६ बजेसम्म उक्त आदेश लागू हुने प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) बमोजिम वीरगञ्ज महानगरपालिकाको चारकिल्लाभित्र पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको हो। आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि प्रशासनले चेतावनी दिएको छ।

निषेधाज्ञा लागू हुने क्षेत्रको पूर्वी सीमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलोत्तमा पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट तोकिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

वीरगञ्जमा भोलि विहानसम्म निषेधाज्ञा जारी

वीरगञ्जमा भोलि विहानसम्म निषेधाज्ञा जारी

प्रधानमन्त्री वालेन्द्र शाहले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री वालेन्द्र शाहले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

हुम्लाकाे तिल गाउँमा बाढी, गाउँ नै विस्थापित

हुम्लाकाे तिल गाउँमा बाढी, गाउँ नै विस्थापित

समन्वयकारी भूमिका निर्वाह गर्न रास्वपा सांसदहरुलाई सभापतिको निर्देशन

समन्वयकारी भूमिका निर्वाह गर्न रास्वपा सांसदहरुलाई सभापतिको निर्देशन

शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल