राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहसँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिनुभएको छ ।

देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई आज शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनुभएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कायम गर्न सुझाव दिनुभएको थियो ।

यसैबीच प्रधानमन्त्री शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई समेत फोनमार्फत देशको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

वीरगञ्जमा भोलि विहानसम्म निषेधाज्ञा जारी

प्रधानमन्त्री वालेन्द्र शाहले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री वालेन्द्र शाहले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

हुम्लाकाे तिल गाउँमा बाढी, गाउँ नै विस्थापित

समन्वयकारी भूमिका निर्वाह गर्न रास्वपा सांसदहरुलाई सभापतिको निर्देशन

शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल