मनसुनी वायुको प्रभावः देशभरका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावः देशभरका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिमा उल्लेखछ । कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी कोशी प्रदेशको पहाडी र तराई भू–भाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री शाह र मधेस प्रदेशका सांसदहरुबीच छलफल

प्रधानमन्त्री शाह र मधेस प्रदेशका सांसदहरुबीच छलफल

मधेशी नेताहरु – सार्वजनिक सेवा प्रसारण संस्था

मधेशी नेताहरु – सार्वजनिक सेवा प्रसारण संस्था

हिमपहिरोमा परेका पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

हिमपहिरोमा परेका पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश

बिहान ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

बिहान ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

वीरगञ्जमा भोलि विहानसम्म निषेधाज्ञा जारी

वीरगञ्जमा भोलि विहानसम्म निषेधाज्ञा जारी

प्रधानमन्त्री शाह र मधेस प्रदेशका सांसदहरुबीच छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने