संसदीय सुनुवाइ समितिको बैठक बस्दै

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौँ- सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दैछ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्ने कार्यक्रम तय भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम छ । यस्तै, प्रमुख आयुक्तमा प्रस्तावित कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिनेछ । समितिको बैठक बिहान ११ः१५ बजे बस्नेछ ।

समितिले मङ्गलबार आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बालाई आमन्त्रण गरी सुनुवाइ गरेको थियो ।

यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ‘आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

शान्ति र संयमता अपनाउन रास्वपा सभापति लामिछानेको अपिल

शान्ति र संयमता अपनाउन रास्वपा सभापति लामिछानेको अपिल

सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल

सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल

 कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

 कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सत्तापक्ष र विपक्षीबीच देखिएको असहमतिलाई सहमतिमा पुर्‍याउने प्रयास

सत्तापक्ष र विपक्षीबीच देखिएको असहमतिलाई सहमतिमा पुर्‍याउने प्रयास