देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

काठमाडौँ- पर्साको नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको विरोधमा आन्दोलनमा उत्रिएका चिकित्सकहरुले आज देशभरमा ओपिडी सेवा बन्द गराएका छन् ।

चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द भएको घोषणा गरेको हो ।

देशभर आकस्मिक सेवामात्रै सञ्चालन हुने संघले जनाएको छ ।

ओपिडी सेवा बन्द भएसँगै उपचारका लागि अस्पताल पुगेका बिरामीहरु समस्यामा परेका छन् ।

साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संघले दोषीलाई कारबाही गर्न माग गरेको छ ।

सो घटनामा गम्भीर घाइते भएका नारायणी अस्पतालका मेडिकल अफिसर डा प्रमोद रामलाई काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा ल्याएर उपचार भइरहेको छ ।

यसैबीच, वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक सामूहिक राजीनामा दिएका छन् ।

अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा.उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत ६८ चिकित्सकले मेडिकल सुपरिन्टेन्डेन्ट डा.चित्तरञ्जन साहसमक्ष सामुहिक राजीनामा बुझाएका हुन ।

यता, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल जस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुनेगरी कुनै पनि विरोधका कार्यक्रम नगर्न सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो ।

स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धतासँगै जनजीवन सहज बन्दै

सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धतासँगै जनजीवन सहज बन्दै

निरन्तर घट्दै शेयर बजार – सार्वजनिक सेवा प्रसारण संस्था

निरन्तर घट्दै शेयर बजार – सार्वजनिक सेवा प्रसारण संस्था

हसिनाको स्वदेश फर्किने घोषणा – सार्वजनिक सेवा प्रसारण संस्था

हसिनाको स्वदेश फर्किने घोषणा – सार्वजनिक सेवा प्रसारण संस्था

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी–व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी–व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह

जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट