लमजुङमा पहिरोले धन्सार भत्किँदा दुई जनाको मृत्यु, २ जना घाइते

लमजुङमा पहिरोले धन्सार भत्किँदा दुई जनाको मृत्यु, २ जना घाइते

 लमजुङ- लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा पहिरोले धन्सार पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

सिँचाई कुलो भत्किएर गएको पहिरोले थप दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीका अनुसार मंगलबार बिहान करिब २:३५ बजे घटना भएको हो ।

सोही वडास्थित चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएपछि आएको पहिरोले स्थानीय विष्णुदत्त सुवेदीको दुईतले ढुंगा–माटोले बनेको कच्ची धन्सार पूर्ण रूपमा भत्किएको थियो।

घटनामा पुरिएका चार जनालाई इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा पुगेको टोलीले उद्धार गरी प्रारम्भिक उपचारका लागि चिसंकु स्वास्थ्य चौकी, रामबजार पठाएको थियो।

त्यसपछि उनीहरूलाई थप उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पताल रिफर गरिएको थियो।

उपचारका क्रममा मर्स्याङ्दी गाउँपालिका–१ नायुँ घर भई हाल मध्यनेपाल नगरपालिका–७ भाटबेशी बस्दै आएका ५९ वर्षीय टिकबहादुर विक र उनकी १५ वर्षीया छोरी विनिता विकलाई बिहान ५:५५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनामा ५० वर्षीया शुकमाया विक र १६ वर्षीया अस्मिता विक घाइते भएका छन्।

उनीहरूको शरीरमा चोट लागेको प्रहरीले जनाएको छ।

दुवै जनाको पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको बताइएको छ।

प्रहरीका अनुसार कुलो भत्किएपछि आएको पहिरोका कारण धन्सार भत्किँदा मानवीय क्षति भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

लमजुङमा पहिरोले धन्सार भत्किँदा दुई जनाको मृत्यु, २ जना घाइते

लमजुङमा पहिरोले धन्सार भत्किँदा दुई जनाको मृत्यु, २ जना घाइते

सुनुवाइ समितिको बैठक आज बस्दै

सुनुवाइ समितिको बैठक आज बस्दै

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो