एमाले र नेकपाबीच तीनबुँदे सहमति

एमाले र नेकपाबीच तीनबुँदे सहमति

काठमाडौँ– राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र पार्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ ।

दुई पार्टीबीच प्रदेशसभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ ।

मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गर्ने सहमति जुटेको संयोजक दाहालका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो ।

सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गर्नुभएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा

डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा

एमाले र नेकपाबीच तीनबुँदे सहमति

एमाले र नेकपाबीच तीनबुँदे सहमति

सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

पहिरोमा परी नाबालकको मृत्यु, ४ वटा घरमा पूर्ण क्षति

पहिरोमा परी नाबालकको मृत्यु, ४ वटा घरमा पूर्ण क्षति