पहिरोमा परी नाबालकको मृत्यु, ४ वटा घरमा पूर्ण क्षति

पहिरोमा परी नाबालकको मृत्यु, ४ वटा घरमा पूर्ण क्षति

कुवेरराज कार्की, मुगु- मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५, पुलु बजारमा ढुङ्गासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ । शनिवार बिहान करिब ४ बजेतिर माथिबाट आएको पहिरो पेमा लामाको घरमा खस्दा त्यहाँ भाडामा होटल व्यवसाय सञ्चालन गर्दै बस्दै आएका छायाँनाथ रारा नगरपालिका–१३, तिर्प गाउका जगनाथ बडुवालको परिवार पहिरोमा परेको हो ।

घटनामा पहिरोले च्यापिएका तीन वर्षीय रमेश बडुवालको उद्धार गरी पुलु स्वास्थ्य चौकीमा उपचारका लागि पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। उनका बुवा जगनाथ बडुवाल र आमा सृजना बडुवाल सामान्य घाइते भएका छन् ।

प्रहरी चौकी डोल्फु पुलुबाट प्रहरी नायब निरीक्षक वीरबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयवासीले उद्धार कार्य गरेका थिए । पहिरोले चार वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको तथा थप आठ वटा घर जोखिममा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

विस्थापितमध्ये केहीलाई आफन्तको घरमा र केहीलाई पुलु स्वास्थ्य चौकीमा अस्थायी रूपमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

पहिरोमा परी नाबालकको मृत्यु, ४ वटा घरमा पूर्ण क्षति

पहिरोमा परी नाबालकको मृत्यु, ४ वटा घरमा पूर्ण क्षति

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

विद्यार्थीको विदेश मोहमा सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोहमा सेडाको अनुसन्धान