नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ

नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ

काठमाडौँ- काठमाडौँ, ६ साउन । नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन शाहले आजै खतिवडालाई उपकुलपतिमा नियुक्त गर्नुभएको थियो ।

मन्त्रालयका अनुसार नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा कार्यविधि, २०८३ बमोजिम खतिवडालाई उपकुलपतिमा नियुक्त गरिएको हो ।

नाट्य विद्यामा विद्यावारिधि गर्नुभएका खतिवडा लामो समयदेखि संस्कृत साहित्य, अध्यापन र अनुसन्धानमा सक्रिय रहँदै आउनुभएको छ । उहाँ यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति तथा शिक्षाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ ।

झापामा जन्मिएका खतिवडाले सुनसरीको धरानलाई कर्मथलो बनाउँदै पिण्डेश्वर विद्यापीठ तथा नेपाल संस्कृत विश्वविद्यालयको शैक्षिक विकासमा योगदान पु¥याउनुभएको छ । संस्कृत साहित्यमा स्वर्णपदक प्राप्त उहाँले नेपाली विद्वान्हरूद्वारा लिखित संस्कृत कृतिमाथि अनुसन्धान गर्दै ‘दुःखान्त नाटकको दुःखान्तता सिद्धि’ विषयमा विद्यावारिधि गर्नुभएको हो ।

शपथपछि खतिवडाले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सम्पदाको संरक्षण तथा व्यवस्थापन, साथै कला, साहित्य, संस्कृति र धर्मसम्बन्धी अध्ययन–अनुसन्धानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल संस्कृत विश्वविद्यालय मुलुकको दोस्रो पुरानो विश्वविद्यालयका रूपमा परिचित छ।

विश्वविद्यालयमा संस्कृत भाषा, साहित्य, दर्शन, संस्कृति तथा धर्मसम्बन्धी विषयमा स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन–अध्यापन र अनुसन्धान हुँदै आएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्से परिसूचक करिब १४ अङ्कले घट्यो

नेप्से परिसूचक करिब १४ अङ्कले घट्यो

नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ

नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ

गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन

गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन

विभाजनको झल्को दिने काँग्रेसका फरक-फरक कार्यक्रम

विभाजनको झल्को दिने काँग्रेसका फरक-फरक कार्यक्रम

कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

अस्ट्रेलियामा दुर्लभ जस्तै मानिने चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ जस्तै मानिने चम्ल्याहा छोरीको जन्म