कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान– सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ । यस क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखको टोलीले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेको छ ।

कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड एक लाख ५१ हजार १९५ क्युसेक पुगेको छ भने ब्यारेजका २० वटा ढोका खोलिएका छन् । कोशीमा जलप्रवाह प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक पुगेपछि उच्च सतर्कताको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।

अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले बाढी, डुबान तथा कटानको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा रहेको बताउनुभयो । उहाँले विपद् व्यवस्थापनमा संलग्न सबै निकायको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिएको तथा आवश्यक कार्यविधि पनि तयार गरिएको जानकारी दिनुभयो ।

बर्खायाममा उद्धार, राहत, प्रभावितको सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक परे पुनःस्थापनाका लागि जिल्ला प्रशासन र सुरक्षा निकाय तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले कोशी ब्यारेज पुल तथा कमजोर तटबन्धको मर्मतसम्भार गरिएको जानकारी दिँदै ठूलो बाढीका कारण कुनै स्थानमा कटान वा तटबन्धमा क्षति पुगेमा सम्बन्धित आयोजना, जिल्ला प्रशासन र सुरक्षा निकाय तत्काल परिचालन हुने गरी तयारी अवस्थामा रहेको उहाँको भनाइ छ ।

अनुगमनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक विमल घिमिरेलगायत सुरक्षा निकायका प्रतिनिधिको सहभागिता थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था

महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न

महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न

बर्नह्याम बेलायतको प्रधानमन्त्री बन्दै – सार्वजनिक सेवा प्रसारण संस्था

बर्नह्याम बेलायतको प्रधानमन्त्री बन्दै – सार्वजनिक सेवा प्रसारण संस्था

विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई साधारण तरिखमा रिहा गर्न अदालतको आदेश

पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई साधारण तरिखमा रिहा गर्न अदालतको आदेश

सरकार र मिटरब्याज पीडित पक्षबीच ९ बुँदे सहमति

सरकार र मिटरब्याज पीडित पक्षबीच ९ बुँदे सहमति