बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने

बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने

काठमाडौँ- बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ ।

समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको अधिकतम रु एक लाखसम्मको बचत रकम फिर्ता गर्न लागिएको समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज ललितपुरको जवलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा बचत फिर्ता शुभारम्भ गर्नुहुनेछ । केही दिनअघि मुख्यमन्त्री बानियाँको उपस्थितिमा भएको छलफलले ती सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने निर्णय गरेको थियो ।

यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्नेगरी तयारी भइरहेको समिति सदस्य ढकालले राससलाई जानकारी दिनुभयो । समितिले बचतकर्ताको विवरण ‘भेरिफाइड’ गर्ने काम सम्पन्न गरेको छ ।

बचतकर्तालाई रकम फिर्ता गर्न करिब रु नौ करोड जम्मा भइसकेको छ । समितिले सिभिल, सुमेरु, लालीगुराँस र नमोबुद्ध सहकारीका बचतकर्ताका रु एक लाखसम्म तथा दर्शन सहकारीका बचतकर्तालाई रु १० हजारसम्म बचत रकम फिर्ता गर्ने योजना बनाएको छ । यससँगै पाँच सहकारीका करिब तीन हजार साना बचतकर्ताले रकम फिर्ता पाउने समितिका सदस्य ढकालले जानकारी दिनुभयो ।

समितिले गत जेठ २२ गते समस्याग्रस्त ठहर भएका ती सहकारी संस्थाका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गर्दै सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बुधबारदेखि खाना पकाउने ग्यासको भरि सिलिन्डर बजारमा पठाइने 

बुधबारदेखि खाना पकाउने ग्यासको भरि सिलिन्डर बजारमा पठाइने 

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ४ बर्ष र गृहमन्त्री खाँडलाई २ बर्ष कैद

पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ४ बर्ष र गृहमन्त्री खाँडलाई २ बर्ष कैद

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा विगतमा गठन भएका आयोगका प्रतिवेद कार्यान्वयमा लैजाने

अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा विगतमा गठन भएका आयोगका प्रतिवेद कार्यान्वयमा लैजाने

इयुको सदस्यताका लागि दोश्रो पटकको वार्तामा युक्रेन

इयुको सदस्यताका लागि दोश्रो पटकको वार्तामा युक्रेन

आकस्मिक बाढीको जोखिम यी जिल्लाहरु,सतर्कता अपनाउन आग्रह

आकस्मिक बाढीको जोखिम यी जिल्लाहरु,सतर्कता अपनाउन आग्रह