सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका आदिकवि भानुभक्त आचार्य केवल कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताउनुभएको छ ।

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा भानु प्रतिष्ठानले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उहाँले आचार्य राष्ट्रिय विभूति, नेपाली जातीय चेतनाका प्रतीक र जनताका प्रमुख प्रतिनिधि स्रष्टा भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “आदिकवि नेपाली चेतनाको आधारशिला र नेपाली भाषाको पहिचान निर्माण गर्ने व्यक्तित्व हुनुहुन्थ्यो । आदिकविका विषयमा खोज अनुसन्धान व्याख्या विश्लेषण र भानु संस्कृति निर्माणमा भानु प्रतिष्ठानको योगदान रहेको छ । ”
भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आम नेपालीलाई धर्म, दर्शन, नीति र आदर्शको सहज पहुँच उपलब्ध गराउनुभएको सभामुख अर्यालले बताउनुभयो ।

“साहित्य केवल विद्वान्का लागि होइन, जनताको हृदयमा बस्ने भाषा हो भनी भानुभक्तले सिद्ध गर्नुभयो, आदिकविको लेखनीले नेपाली भाषालाई घरघरमा पु¥यायो, जनजनमा चेतना जगायो, हाम्रो सांस्कृतिक एकतालाई मजबुत बनायो । नेपालभित्र मात्र होइन नेपाल बाहिर रहेका समस्त नेपालीलाई नेपाली भाषाले नै एकताको सूत्रमा बाँध्ने गरेको छ । भानुभक्तले रामायण दिनुभयो । रामायणसहित नेपाली साहित्यले महाकाव्य पायो । त्यही महाकाव्यको क्रम आजसम्म जीवित छ”, उहाँले भन्नुभयो ।

भानुभक्तलाई आजको दिन सम्झनु मात्र होइन, उहाँको योगदानलाई आत्मसात् गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने सङ्कल्प लिनु आवश्यक रहेकामा सभामुख अर्यालले जोड दिनुभयो । आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक संरचनाबीच नेपाली भाषा, संस्कृति र पहिचानलाई जोगाउनु र उन्नत बनाउनु सबैको सामूहिक जिम्मेवारी भएको उहाँले बताउनुभयो ।

भानुभक्तले देखाएको मार्ग–सरलता, स्पष्टता, जनतासँगको निकटता आज पनि उत्तिकै सान्दर्भिक रहेको छ । युवापुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नुपर्छ, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्छ र भानुभक्तको आदर्शलाई समयानुकूल रूपान्तरण गर्दै अघि बढ्नुपर्नेमा सभामुख अर्यालको जोड छ ।

भानुभक्तको सम्मानमा जे जति गरिन्छन् ती सबै नेपाली राष्ट्रियताका पहरेदार कर्म हुन् र नेपाली मौलिकताका परिचायक हुन् । कार्यक्रममा साहित्यकार महेश्वर शर्मा र डा आना एम स्टिरलाई उहाँहरुले नेपाली साहित्य क्षेत्रमा गर्नुभएको योगदानका लागि रथारोहण गरी सम्मान गरिएको थियो ।

साहित्यकार शर्मा उमेर, ज्ञान र सिर्जना वैभवले पाको हुनुहुन्छ । संस्कृतिको खोज र अन्वेषणका लागि समर्पित डा स्टिरले नेपाली लोक साहित्य संस्कृति र नेपाली भाषाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । उहाँहरूलाई सभामुख अर्यालले सम्मान गर्नुभएको थियो । औपचारिक कार्यक्रम अघि सम्मानित व्यक्तित्वद्वयलाई रथारोहण गरी प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा साहित्यकार एवं विभिन्न विद्यालयका छात्रछात्राको पनि सहभागिता थियो । सो अवसरमा प्रतिष्ठान परिसरमा रहेको भानुभक्तको प्रतिमामा माल्यार्पण गरिएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

इरानमाथि अमेरिकी आक्रमण तीव्र – सार्वजनिक सेवा प्रसारण संस्था

इरानमाथि अमेरिकी आक्रमण तीव्र – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधि सभा बैठक साउन १४ गतेसम्म स्थगित,जनतासँग निरन्तर संवाद गर्न सांसदहरुलाई सभामुखको आग्रह

प्रतिनिधि सभा बैठक साउन १४ गतेसम्म स्थगित,जनतासँग निरन्तर संवाद गर्न सांसदहरुलाई सभामुखको आग्रह

आईटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने

आईटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने