अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

अर्घाखाँची-पानीका मुहान सुक्दै जान थालेपछि अर्घाखाँचीका वन क्षेत्रमा १५ वटा रिचार्ज पोखरी निर्माण गरिएको छ।

जलस्रोत संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यका साथ डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न स्थानमा रिचार्ज पोखरी निर्माण गरेको हो।

कार्यालयले सामुदायिक वन उपभोक्ता समूह तथा अन्य स्रोतहरूको साझेदारीमा विभिन्न प्रकृतिका १५ वटा रिचार्ज पोखरी निर्माण सम्पन्न गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशब खड्काले जानकारी दिनुभएको छ।

पाणिनी गाउँपालिका–४ को गहुखर्क वनक्षेत्रमा समुद्री सतहबाट करिब १,७०० मिटर उचाइमा निर्माण गरिएको नमुना रिचार्ज पोखरी अहिले आकर्षणको केन्द्र बनेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण वनक्षेत्रको बीचमा ढुङ्गाको बाँध निर्माण गरी तयार गरिएको उक्त पोखरीले जलस्रोत संरक्षणसँगै पर्यावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

रसुवासँग टुटेको सडक सम्पर्क जोडियो

रसुवासँग टुटेको सडक सम्पर्क जोडियो

प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक महिनाको तलब उद्धार कोषमा

प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक महिनाको तलब उद्धार कोषमा

शव संकलन तथा खोजी कार्यका लागि विशेष टोली परिचालन

शव संकलन तथा खोजी कार्यका लागि विशेष टोली परिचालन

आज जनैपूर्णिमा पर्व मनाइँदै – सार्वजनिक सेवा प्रसारण संस्था

आज जनैपूर्णिमा पर्व मनाइँदै – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल-चीन सीमामा पहिरोपछि बनेको ताल फुट्ने जोखिमबढेपछि तिब्बतमा उद्धार कार्य स्थगित

नेपाल-चीन सीमामा पहिरोपछि बनेको ताल फुट्ने जोखिमबढेपछि तिब्बतमा उद्धार कार्य स्थगित

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली

सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली