होल्डिङ सेन्टरका विस्थापितहरुलाई भक्तपुर सारियो

होल्डिङ सेन्टरका विस्थापितहरुलाई भक्तपुर सारियो

कीर्तिपुर– कीर्तिपुर नगरपालिका वडा नम्बर १० स्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर शुक्रबार राति अचानक डुबानमा पर्‍यो । शनिवार बिहानसम्म पनि यो क्षेत्र पूर्ण रूपमा जलमग्न बनिरहयो । राति सुतिरहेकै बेला अचानक बाढी पसेपछि यहाँका बासिन्दाले आफ्नो आवश्यक सामान समेत सुरक्षित स्थानमा सार्न पाएनन् ।

बाढीपछि सुरक्षाकर्मीको टोलीले सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनालाई तत्काल उद्धार गर्‍यो । उनीहरूलाई पहिले त्रिभुवन विश्वविद्यालय परिसरको स्मृति भवनमा र त्यसपछि भक्तपुरको खरिपाटीस्थित सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

बाँकी रहेकामध्ये ६ जना आफ्ना आफन्तको गएका छन् भने प्रभावितहरूका लागि यहाँ खाना, खानेपानी र राहतको व्यवस्था भइरहेको गृह मन्त्रालयले जनाए पनि पीडितहरूको पीडा भने कम भएको छैन ।यता, विद्युत तालिम केन्द्र खरिपाटीमा भक्तपुरमा राखिएका २०७ जनामध्ये २५ जना अहिले पनि त्यहीँ बसिरहेका छन् । सरकारले प्रतिपरिवार दिएको २५ हजार रुपैयाँको राहत रकमले यो महँगीमा केही पनि नपुग्ने भन्दै सुकुम्बासीहरूले तीव्र गुनासो गरेका छन् ।
राधास्वामीबाट २० परिवार यहाँ आएको र यहाँका बाँकी प्रभावितहरूलाई इचङ्गुनारायणस्थित आवासमा पठाइएको प्रशासनले जनाएको छ ।

विस्थापितहरूको व्यवस्थापनका लागि आवश्यक कदम चालिरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले बताउनु भयो ।

मनसुनको सुरुवातमै सुकुम्बासी बस्ती र होल्डिङ सेन्टरहरू डुबानमा पर्दा विपन्न नागरिकको जीवन थप कष्टकर बनेको अवस्था छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

क्यानडामा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

क्यानडामा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति