नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग

नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग

काठमाडौँ- सांसदहरुले सरकारसँग गणेश नेपालीको आत्मदाहको प्रयास र उहाँको निधन भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सांसद वासना थापालाई वासना थापालाई समय दिनुभएको थियो ।

थापाले मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासमा सरकार किन मौन भनी प्रश्न गर्नुभयो ।

साथै उहाँले हरियो रङको बसलाई निलो बनाएर कसैको पनि सुरक्षा नहुने उहाँको भनाइ थियो । सुकुमवासीलाई पनि नदीमा हाम फाल्न बाध्य हुनुपर्ने वातावरण बनाइएको सांसद थापाले बताउनुभयो ।

सांसद भूमिका लिम्बू सुब्बाले पनि गणेश नेपालीमाथि मोटरसाइकल पार्किङ गरेका कारण रु १० हजार जरिवाना गरिएकै कारण आत्मदाहको प्रयास गरेको भन्दै यस्तो वातावरण बनाउनु दुःखद् भएको बताउनुभयो । नागरिकलाई किन मर्न बाध्य बनाइँदै छ भनी उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसद पार्वती विकले गणेश नेपालीजस्ता नागरिकले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको भन्दै उहाँले मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभयो । सांसद राधिका रम्तेलले पनि मृतक नेपालीको घटनाका विषयमा छानबिन हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

सांसद ज्ञानबहादुर शाहीले गरिब, दुःखी जनता राजधानीमा बाँच्न नसक्ने वातावरण बनेको बताउनुभयो । सुविधा र व्यवस्था हुनेखानेका पक्षमा मात्र रहेको उहाँले सुनाउनुभयो । युरोपमाभन्दा बढी कर तिरेर सोमालियामा जस्तै पाउन नागरिक बाध्य भएको सांसद शाहीको भनाइ थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग

नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग

सर्लाही गौडेताका विवेक मण्डलले गरे पेट्रोल छर्केर आत्मदाहको प्रयास

सर्लाही गौडेताका विवेक मण्डलले गरे पेट्रोल छर्केर आत्मदाहको प्रयास

अर्थ व्यवस्था सहज बनाउन निजी क्षेत्र र नीति निर्माण तहबीच सहकार्य आवश्यक

अर्थ व्यवस्था सहज बनाउन निजी क्षेत्र र नीति निर्माण तहबीच सहकार्य आवश्यक

सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सम्पत्ति जाँचबुझ आयोगलाई सर्वोच्चको अन्तरिम आदेश

सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सम्पत्ति जाँचबुझ आयोगलाई सर्वोच्चको अन्तरिम आदेश

काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता

काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

चुलिँदै तनाव – सार्वजनिक सेवा प्रसारण संस्था

चुलिँदै तनाव – सार्वजनिक सेवा प्रसारण संस्था