सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे

सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे

काठमाडौँ- प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आफ्नो पार्टीले सकारात्मक कामको प्रशंसा गर्न कन्जुस्याइँ नगर्ने स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर उहाँले सरकारले १०० दिनका अवधिमा गरेका प्रयासलाई सकारात्मक रूपमा लिन्छु भन्नुभयो । सांसद आङ्देम्बेले भन्नुभयो“ सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाह र केही संरचनागत सुधारका विषयमा सरकार सक्रिय देखिएको छ । सकारात्मक काम जहाँ भएका छन्, त्यसको प्रशंसा गर्न कांग्रेस कन्जुस्याइँ गर्दैन । किनभने सरकार सफल हुँदा अन्ततः सफल हुने भनेको नेपाली जनता हुन् । नेपाल देश हो ।”

उहाँले लोकतन्त्रमा सरकारको मूल्याङ्कन नागरिकको अनुभवबाट हुने टिप्पणी गर्दै सरकारको मूल्याङ्कन संविधानको सम्मानबाट संसद्प्रतिको उत्तरदायित्वबाट र सार्वजनिक संस्थाको विश्वसनीयताबाट हुने बताउनुभयो । उहाँले भन्नुभयो,“लोकतन्त्रमा प्रश्न गर्नु विरोध होइन, उत्तरदायित्व हो । राष्ट्रिय महत्वका विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्छ । लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि र संविधानको औचित्यपूर्ण संशोधनका लागि सरकारलाई सहयोग गर्दछ । यदि सरकारले राष्ट्रिय सहमतिका लागि हात बढाउँछ भने कांग्रेस सधैँ सकारात्मक भूमिका खेल्न तयार छ । हामी सरकार सफल होस् भन्ने चाहन्छौँ, किनभने सरकार सफल हुँदा सफल हुने नेपाली जनता हुन् । नेपाली जनताको जीवनमा परिवर्तन आउने हुन् ।”

नेता आङ्देम्बले सुकुम्बासी समस्याको दिगो समाधानका लागि आग्रह गर्नुभयो । साथै उहाँले संविधान निर्माणमा संसद्का सबै दल, संसद् बाहिरका पार्टीदेखि विभिन्न दल, संवैधानिक कानुनका विज्ञलगायतबीच संवाद गर्नुपर्ने सुझाव दिनुभयो । सर्वपक्षीय रूपमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले एउटै हात्तीको आक्रमणबाट २५ जनाको ज्यान गएको र एउटै परिवारका चारजनाले ज्यान गुमाउनुपरेको पीडादायी अवस्थामा सरकारले हात्ती नियन्त्रण गर्न प्रभावकारी योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।

“यस्तो अवस्थामा राहत बाँडेर मात्र दायित्व पूरा हुँदैन । जङ्गली जनावरबाट नागरिकको जीवन र खेतीपातीको सुरक्षा गर्ने दीर्घकालीन नीति, प्रभावकारी उद्धार संयन्त्र र शीघ्र हस्तक्षेपको व्यवस्था तत्काल लागू गरियोस्” उहाँले माग गर्नुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे

सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे

गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

जग्गा प्राप्तिकालागि १२ लाख भूमिहीन र सुकुमवासीहरुको निवेदन

जग्गा प्राप्तिकालागि १२ लाख भूमिहीन र सुकुमवासीहरुको निवेदन