जग्गा प्राप्तिकालागि १२ लाख भूमिहीन र सुकुमवासीहरुको निवेदन

जग्गा प्राप्तिकालागि १२ लाख भूमिहीन र सुकुमवासीहरुको निवेदन

काठमाडौँ-  हालसम्म करिब १२ लाख भूमिहीन र सुकुमवासीको जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । यसका लागि रु ६१ करोड ३० लाख बजेट विनियोजन जनाएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रसाशनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न  सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउँदै यस्तो जानकारी दिनु भएको हो ।  उहाँले सरकारले भूमिहीनलाई जग्गा दिने नीति लिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “सरकारले बर्दियाबाट लालपुर्जा दिन थालनी गरिसकेको छ ।   यस काममा बजेटको अभाव हुँदैन ।” भूमि व्यवस्था मन्त्री रावलले वैज्ञानिक भूमिसुधार र उत्पादनकेन्द्रित भूमि व्यवस्थापन तथा स्थानीय तहको सुदृढीकरणलाई उच्च प्राथमिकताका साथ काम गरिरहेकोसदनलाई अवगत गराउनुभयो ।

सुशासन र परादर्शितालाई महत्व दिँदै सेवा प्रवाहलाई नागरिकमैत्री बनाउँदै ‘डिजिटल’ रूपान्तरणसँग जोडेर काम गरिरहेको जानकारी गराउँदै उहाँले समस्याग्रस्त सहकारीको रकम फिर्ता कार्यक्रम जारी रहने बताउनुभयो ।

मन्त्री रावलले टे«ड युनियन खारेजीबाट निजामती सेवामा देखिएका विकृति र विसङ्गति अन्त्य हुने विश्वास व्यक्त गर्दै सङ्घीय निजामती ऐन जारी भए पछि प्रशासनिक सङ्घीयता प्रभावकारी हुने बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे

सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे

गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

जग्गा प्राप्तिकालागि १२ लाख भूमिहीन र सुकुमवासीहरुको निवेदन

जग्गा प्राप्तिकालागि १२ लाख भूमिहीन र सुकुमवासीहरुको निवेदन