ठमेल पर्यटन विकास परिषदमा मिलनको उमेदवारी चर्चामा

ठमेल पर्यटन विकास परिषदमा मिलनको उमेदवारी चर्चामा

काठमाडौँ- नेपालकै चर्चित पर्यटकीय क्षेत्र भनेर चिनिने काठमाडौँको ठमेलमा यतिखेर पर्यटन व्यवसायीहरु नेतृत्व चयनको रस्साकस्सीमा छन ।

यसैक्रममा पर्यटन क्षेत्रमा लामोसमयदेखि शशक्त रुपमा लागि परेका युवा व्यवसायी दिलिप कंडेल (मिलन)को उमेदवारी दिने घोषणाले चुनावी सारगर्मी ह्वात्तै बढेको छ ।

सानै उमेरदेखि संघर्ष गरेर परिचित व्यवसायीको पहिचान बनाएका मिलनले ठमेल पर्यटन विकास परिषदको निर्वाचनमा सचिव पदमा उमेदवारी दिने तयारी गरेका छन ।

पर्यटन क्षेत्रमा मात्र नभई समाजसेवाको क्षेत्रमा पनि लागि परेका मिलन ठमेल पर्यटनलाई समृद्ध, सुरक्षित  र पर्यटनमैत्री बनाउने अभियान नै चलाउने उद्घोषका साथ चुनावी मैदानमा होमिएका हुन् ।

समृद्ध ठमेल, आकर्षक पर्यटन आफ्नो प्रतिबद्धता भएको उनले नेपालटिभीअनलाइनलाई बताए ।

निर्वाचन एउटा काम गर्ने हुटहुटी हुनेहरुबीचको प्रतिश्पर्धा भएको भन्दै कंडेलले आफू निर्वाचित भए समग्र ठमेलको समृद्धि र विकासमा अहोरात्र खटिने प्रतिवद्धता व्यक्त गरेका छन।

आफूले युवा व्यवसायीहरुको भावना र पर्यटकको सेवा सत्कारमा दिन रात नभनी काम गर्ने बाचा गरेको भन्दै मिलनले अब व्यवसायमा पार्दर्शीता र स्वच्छ प्रतिश्पर्धा पनि उत्तिकै जरुरी भएको बताएका छन् ।

ठमेल पर्यटन विकास परिषदको निर्वाचन यही असार २७ गते हुँदैछ । यसका लागि यही २४ गते उमेदवारहरुले मनोनयन गर्ने कार्यक्रम रहेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे

सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे

गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

जग्गा प्राप्तिकालागि १२ लाख भूमिहीन र सुकुमवासीहरुको निवेदन

जग्गा प्राप्तिकालागि १२ लाख भूमिहीन र सुकुमवासीहरुको निवेदन