पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध

काठमाडौँ- केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न स्थानमा अवरुद्ध भएका प्रमुख राजमार्गमध्ये तीन सडक सञ्चालनमा आएका छन् भने जाजरकोटडोल्पा जोड्ने भेरी करिडोर अझै अवरुद्ध रहेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार यही असार १५ गते आएको पहिरोका कारण अवरुद्ध भएको अर्घाखाँचीको पाणिनी गाउँपालिका२ स्थित सालझण्डीढोरपाटन सडक, असार १७ गते पहिरो खसेपछि बन्द भएको पाल्पाको तानसेन नगरपालिका८ डुम्रे क्षेत्रको सिद्धार्थ राजमार्ग र असार १८ गते पहिरोले अवरुद्ध बनाएको चितवनको इच्छाकामना गाउँपालिका६ स्थित मुग्लिननारायणगढ सडकखण्ड सञ्चालनमा ल्याइएको हो ।

यसैगरी असार १७ गतेको अविरल वर्षासँगै अवरुद्ध भएको रुकुमपश्चिमको आठबिसकोट नगरपालिका६ रिजेगाढ खोलास्थित जाजरकोटडोल्पा जोड्ने भेरी करिडोर भने हाल सम्म पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

वर्षायाम सक्रिय भएसँगै देशका विभिन्न राजमार्गमा पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा यात्रा जोखिमपूर्ण बन्ने क्रम बढेकाले पहिरो प्रभावित तथा सञ्चालनमा आएका सडकखण्डमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन, मौसमको जानकारी नियमित रूपमा लिन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

इरानका सर्वोच्च नेता स्वर्गीय अली खामेनीको अन्त्येष्टि समारोहको तयारी

इरानका सर्वोच्च नेता स्वर्गीय अली खामेनीको अन्त्येष्टि समारोहको तयारी

१७ जना घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

१७ जना घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा

अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो