प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

काठमाडौँ- संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले रिक्त निर्वाचन आयुक्तमा डा राजीव सुब्बा (काठमाडौँ) र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा)लाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी कर्णले जानकारी दिनुभयो ।

संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

इरानका सर्वोच्च नेता स्वर्गीय अली खामेनीको अन्त्येष्टि समारोहको तयारी

इरानका सर्वोच्च नेता स्वर्गीय अली खामेनीको अन्त्येष्टि समारोहको तयारी

१७ जना घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

१७ जना घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा

अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

नगर प्रहरीहरु नै पक्राउ परेपछि गौशाला नगरपालिकाका सबै सेवा बन्द

नगर प्रहरीहरु नै पक्राउ परेपछि गौशाला नगरपालिकाका सबै सेवा बन्द