रसुवागढी नाकाको मितेरी पुलबाट सवारी सञ्चालन

रसुवागढी नाकाको मितेरी पुलबाट सवारी सञ्चालन

रसुवा-बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका सवारीसाधन आजदेखि केरूङतर्फ आवतजावत गर्न थालेका छन् । चिनियाँ प्राविधिकले परीक्षण सम्पन्न गरेपछि चार दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आवागमन दुई दिनका लागि रोकिने भनिएकामा पुल परीक्षण गरी चार दिनपछि सञ्चालनमा ल्याइएको हो । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवतजावतका लागि बेलीब्रिज निर्माण गरिएको थियो । उक्त बेलीब्रिज वर्षायामका लागि उपयुक्त छ÷छैन भन्ने परीक्षणका लागि चिनियाँ पक्षले सवारी सञ्चालनमा रोक लगाएको थियो ।

पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी सवारीसाधन आवागमन हुन थालेका इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ । पुलको परीक्षण गर्नुका साथै नटलाई पुनःकस्ने काम सम्पन्न गरेपछि सामान आयातका लागि २२ वटा कन्टेनरसहित साना तथा ठूला सवारीसाधन आजैदेखि केरूङ प्रस्थान गरेका जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिनुभयो ।

चीनबाट स्याउ, सुन्तला, अङ्गुर, ड्राइगनफ्रुट बोकेका सानाठूला ३३ वटा सवारीसाधन नेपाल भित्रिएका प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो । पुलको क्षमतालाई मध्यनजर गर्दै १४ फिटभन्दा माथि उचाइ भएका सामान ल्याउने सवारीसाधन सञ्चालन गर्न नमिल्ने चिनियाँ प्राविधिकले बताएकाले सोहीअनुसार सचेत रहन सरोकार भएका सबैलाई उहाँले आग्रह गर्नुभयो ।

उहाँका अनुसार नेपाल र चीनतर्फका दुवै भागमा १४ फिट लामो डण्डी गाडिएको छ । सो डण्डीभन्दा अग्लो लोड गरी सामान ल्याउन वा लान नमिल्ने चिनियाँ प्राविधिकले सूचनामार्फ जानकारी दिएका छन् ।

पुलबाट सवारीसाधन सञ्चालन हुन थालेसँगै सामग्री आयात सहज हुन थालेको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार परीक्षणका लागि केही सवारीसाधन  भन्सार हातामा पुगेका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त

गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त

शासकीय सुधारमा सञ्चार मन्त्रालयको उल्लेखनीय उपलब्धि

शासकीय सुधारमा सञ्चार मन्त्रालयको उल्लेखनीय उपलब्धि

कर्णालीमा पानीको बहाव बढेपछि डुबेको गाडी उद्धारमा कठिनाइ

कर्णालीमा पानीको बहाव बढेपछि डुबेको गाडी उद्धारमा कठिनाइ

रसुवागढी नाकाको मितेरी पुलबाट सवारी सञ्चालन

रसुवागढी नाकाको मितेरी पुलबाट सवारी सञ्चालन

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

ट्रम्पविरुद्ध एकताबद्ध बन्दै युरोप – सार्वजनिक सेवा प्रसारण संस्था

ट्रम्पविरुद्ध एकताबद्ध बन्दै युरोप – सार्वजनिक सेवा प्रसारण संस्था

भारतको सहयोगमा झापामा निर्माण हुने विद्यालय भवनको शिलान्यास

भारतको सहयोगमा झापामा निर्माण हुने विद्यालय भवनको शिलान्यास