साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ ।

किसानलाई राहत हुनेगरी धानबालीका लागि थप आवश्यकपर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो ।

सरकार–सरकार (जिटुजी)  सम्झौताअन्तर्गत भारतबाट आयात हुनलागेको ३० हजार मेट्रिकटन युरिया  मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ ।

अन्तरराष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत विभिन्न मुलुकबाट एक लाख ८० हजार मेट्रिकटन रासायनिक मलमध्ये ६० हजार मेट्रिकटन डिएपी र एक लाख २० हजार मेट्रिकटन युरिया रहेको छ ।

मन्त्रालयले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तरराष्ट्रिय बजारमा मलको उपलब्धता घटे पनि किसानलाई राहत हुनेगरी मल आपूर्ति गर्न लागेको हो । यसवर्ष मन्त्रालयले हालसम्मकै बढी रासायनिक मल आयात गर्ने लक्ष्य लिएको छ ।

मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता  पाइएमा उजुरी गर्न  बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म हटलाइन नम्बर ९७०००९९११३ तथा क्युआर कोडमार्फत गुनासो दर्ता गर्ने व्यवस्था गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो-आयल निगम

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो-आयल निगम

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

सुस्ता लगायत नेपाल-भारत सिमाको विषय टुंग्याउन द्विपक्षीय संयन्त्र मार्फत कूटनीतिक पहल जारी

सुस्ता लगायत नेपाल-भारत सिमाको विषय टुंग्याउन द्विपक्षीय संयन्त्र मार्फत कूटनीतिक पहल जारी

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

७५ जिल्लामा हुलाकमार्फत सरकारी सेवा घरदैलोमा, ५ हजारभन्दा बढी राहदानी घरमै वितरण

७५ जिल्लामा हुलाकमार्फत सरकारी सेवा घरदैलोमा, ५ हजारभन्दा बढी राहदानी घरमै वितरण