वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय  सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार पाँचदिने सम्मेलनका क्रममा भोलि  आयोजना हुने ‘पेरिस सम्झौता र दिगो विकासका लागि २०३० कार्यसूचीबीचको समन्वय सुदृढीकरणसम्बन्धी सातौँ विश्वसम्मेलनको उच्चस्तरीय सत्र’ मा उहाँ सहभागी हुनुहुने छ ।

सम्मेलनमा जलवायु परिवर्तनका असर घटाउने, पेरिस सम्झौता कार्यान्वयन तथा दिगो विकास लक्ष्यसँगको सहकार्यलाई मजबुत बनाउने विषयमा छलफल हुने छ । उहाँ ‘वातावरण तथा विकास समितिको नवौँ मन्त्रीस्तरीय अधिवेशन’मा सहभागी हुनुहुने छ ।

मन्त्री चौधरीले जलवायु परिवर्तनका असर, हिमाली मुलुकका चुनौती, वातावरण संरक्षणका लागि गरिएका प्रयास, दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा नेपालले गरेका प्रगतिबारे विश्व समुदायलाई जानकारी दिनुहुने छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

त्रिवि शिक्षण अस्पतालको ओपिडीमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन

त्रिवि शिक्षण अस्पतालको ओपिडीमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन

सक्रिय हुँदै मनसुन, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

सक्रिय हुँदै मनसुन, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द 

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द 

पूर्व राष्ट्रपति भण्डारी सहित शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा

पूर्व राष्ट्रपति भण्डारी सहित शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा

प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि छलफल – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि छलफल – सार्वजनिक सेवा प्रसारण संस्था