नेकपाको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

नेकपाको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

कर्णाली- प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अवरोधपछि कर्णाली प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा नेकपाका सदस्यले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको हो ।

बैठक सुरुभएसँगै नेकपा कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाहीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरिएको बजेटमा भएका कमजोरीका विषयमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको सरकारले स्पष्ट जवाफ नदिएको धारणा राख्नुभयो । उहाँले उद्देश्यविहीनत्रुटीयुक्त बजेटमाथि उठेका प्रश्नको जवाफ नदिई पारित गरिनु सभा र जनताप्रति जवाफदेफिता नहुने बताउनुभयो ।

बजेट सन्तुलित, समन्यायिक र सामाजिक न्यायमा आधारित नभएको र यससम्बन्धमा सरकारले सुधार नगरुञ्जेल अगाडि बढ्न नदिने भन्दै नेकपाका प्रदेशसभा सदस्यहरूले अवरोज जनाएपछि सभामुख नन्दा गुरुङले १५ मिनेटका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

एन्फालाई निलम्बन गर्ने फिफाको निर्णय

एन्फालाई निलम्बन गर्ने फिफाको निर्णय

नेप्से परिसूचक आठ अङ्कले घट्यो, कारोबार तीन अर्ब भन्दा कम

नेप्से परिसूचक आठ अङ्कले घट्यो, कारोबार तीन अर्ब भन्दा कम

नेकपाको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

नेकपाको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

३२ जनाको मृत्यु, ७ सयभन्दा बढी घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

३२ जनाको मृत्यु, ७ सयभन्दा बढी घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि उत्तरपुस्तिका प्रमाणीकरण गर्न समिति गठन

कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि उत्तरपुस्तिका प्रमाणीकरण गर्न समिति गठन

पदाधिकारी निर्वाचनका लागि दोश्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

पदाधिकारी निर्वाचनका लागि दोश्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक