३२ जनाको मृत्यु, ७ सयभन्दा बढी घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

३२ जनाको मृत्यु, ७ सयभन्दा बढी घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

एजेन्सी- भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७०० जना घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले जानकारी दिनुभएको छ । उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी पनि उहाँले दिनुभएको छ ।

देशका विभिन्न क्षेत्रमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि दर्जनौँ भवनहरू भत्किएका छन् भने आपत्कालीन टोलीहरू प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन् ।

कार्यवाहक राष्ट्रपति रोड्रिग्जका अनुसार ला गुआइरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ । उहाँले उक्त क्षेत्रले गम्भीर मानवीय सङ्कटको सामना गरिरहेको बताउनुभयो ।

उहाँका अनुसार धेरै भवनहरू ध्वस्त भएका छन् र भग्नावशेषमा फसेका मानिसहरूको उद्धारका लागि सुरक्षाकर्मी तथा आपत्कालीन टोलीहरू निरन्तर परिचालन गरिएका छन् ।

रोड्रिग्जले ला गुआइरालाई विपद् प्रभावित क्षेत्रका रूपमा वर्णन गर्दै जीवन रक्षा अहिले सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो । उहाँले उद्धारकर्मीहरू कठिन परिस्थितिमा मानिसहरूको ज्यान बचाउन निरन्तर प्रयासरत रहेको उल्लेख गर्नुभयो ।

सरकारले प्रभावित क्षेत्रमा राहत तथा उपचार सेवालाई तीव्र बनाएको छ भने क्षतिको वास्तविक विवरण संकलन गर्ने कार्य पनि जारी रहेको जनाइएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्से परिसूचक आठ अङ्कले घट्यो, कारोबार तीन अर्ब भन्दा कम

नेप्से परिसूचक आठ अङ्कले घट्यो, कारोबार तीन अर्ब भन्दा कम

नेकपाको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

नेकपाको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

३२ जनाको मृत्यु, ७ सयभन्दा बढी घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

३२ जनाको मृत्यु, ७ सयभन्दा बढी घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि उत्तरपुस्तिका प्रमाणीकरण गर्न समिति गठन

कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि उत्तरपुस्तिका प्रमाणीकरण गर्न समिति गठन

पदाधिकारी निर्वाचनका लागि दोश्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

पदाधिकारी निर्वाचनका लागि दोश्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी

रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी