जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

चितवन- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनुभएको छ ।

आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले सञ्चारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गर्नुभयो । “आम सञ्चारकर्मी मित्रहरूले आफूलाई आफैँले सोध्नुपर्ने प्रश्न के हो भने हामीमाथि जनताको विश्वास छ कि छैन ?” उहाँले भन्नुभयो ।

आफ्नो भूमिका र जिम्मेवारीबारे गम्भीर समीक्षा गर्दै अघि बढ्न सके आगामी पाँच वर्षमा देशले गति लिएजस्तै सञ्चार क्षेत्रले पनि नयाँ गति लिन सक्ने उहाँको भनाइ थियो

सञ्चार क्षेत्रलाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री डा तिमिल्सिनाले सबै सरोकारवालासँग संवाद गरी आवश्यक नीति, नियम र कानुन संशोधनमार्फत सञ्चार क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

सञ्चारकर्मीसँगको सहकार्यबाट यस क्षेत्रलाई सबैले गर्व गर्न सक्ने र जिम्मेवार संस्थाका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पृथक प्रसङ्गमा उहाँले वर्तमान सरकार देश र जनतालाई केन्द्रमा राखेर नागरिकले अनुभूत गर्नेगरी काममा क्रियाशील रहेको बताउनुभयो ।

सञ्चार क्षेत्रको उन्नति, यसलाई सम्मानित क्षेत्रका रूपमा स्थापना गर्ने र जनविश्वास आर्जन गर्ने बनाउन सबैले गम्भीर भएर मनन गर्नुुपर्ने अवस्था आएको उहाँले बताउनुभयो

उहाँले सञ्चार क्षेत्रमा देखिएका समस्याको खोजी गरी समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

सञ्चार क्षेत्र बलियो बनाउन सञ्चारकर्मी स्वयं जिम्मेवार हुनुपर्ने उहाँको कथन थियो ।

विज्ञापन क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले विज्ञापन नीति ल्याउने तयारी गरिरहेको जानकारी सञ्चारमन्त्रीले दिनुभयो । विज्ञापन क्षेत्रलाई उद्योगका रूपमा विकास सरकारको लक्ष्य रहेको उहाँको कथन थियो ।

“विज्ञापनलाई औपचारिक क्षेत्रमा कसरी रूपान्तरण विज्ञापन नीति केन्द्रित छ,” उहाँले भन्नुभयो ।

लोककल्याणकारी विज्ञापन सरकारले नरोकेको स्पष्ट गर्दै मन्त्री तिमिल्सिनाले वास्तविक श्रमजीवी पत्रकारलाई यसबाट लाभान्वित गराउन सरकारले चाहेको बताउनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी

रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश