मतदानका लागि अझै तीन घण्टा लाग्ने

मतदानका लागि अझै तीन घण्टा लाग्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको मतदानका लागि अझै तीन घण्टा लाग्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्यका उम्मेदवारको नामावली तयारीसँगै अन्य प्रक्रिया पूरा गर्न तीन घण्टा लाग्ने भएको हो ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्ररकार सम्मेलनको आयोजना गरी निर्वाचन प्रक्रिया सुरु हुन केही समय लाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केन्द्रीय सदस्यको उम्मेदवारी अध्ययन, दाबी विरोध, विद्युतीय मतदान उपकरणमा उम्मेदवारको नामावली प्रविष्ट गर्नेलगायत काम बाँकी रहेकाले दुईदेखि तीन घण्टा लाग्न सक्छ ।” अहिले सबै काम भइरहेको भन्दै उहाँले ३७० जनाको उम्मेदवारी परेको जानकारी दिनुभयो । कतिपय साथीहरूको दोहोरिएकाले उम्मेदवारको सङ्ख्या घटेको उहाँले बताउनुभयो ।

प्रतिनिधिको समस्या समाधानका लागि तीन वटा हेल्प डेस्क बनाएर काम सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खाना खान प्रयोेग भइरहेको हल पछाडि तीन वटा डेस्क बनाएर काम गरिएको छ ।” प्रदेशका सभापति र महामन्त्रीमार्फत समस्या समाधानका लागि काम भइरहेको उहाँले बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी

रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश