अबदेखि प्रहरीको तलब पनि पाक्षिक

अबदेखि प्रहरीको तलब पनि पाक्षिक

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि नेपाल प्रहरीलाई पनि हरेक १५ दिनमा तलब दिने भएको छ ।

प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग (बजेट शाखा) ले देशभरका बजेट सञ्चालन गर्ने कार्यालयहरूलाई परिपत्र जारी गर्दै अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्रअनुसार उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

परिपत्रमा अर्थमन्त्रीस्तरीय निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको गत जेठ २१ गतेको पत्रबमोजिम आगामी आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीलाई हरेक महिनाको १५ दिन व्यतीत भएपछि अर्धमासिक रूपमा तलब-भत्ता भुक्तानी गर्ने प्रणालीमा आवश्यक व्यवस्था मिलाइएको उल्लेख गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले सम्बन्धित कार्यालयहरूलाई सोहीबमोजिम व्यवस्था मिलाई कार्यान्वयन गर्न अनुरोध गरेको छ । साथै, प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखालाई समेत सम्बन्धित आर्थिक प्रणालीहरू नयाँ व्यवस्थाअनुसार व्यवस्थित गर्न भनिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख रुपैयाँ बजेट

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख रुपैयाँ बजेट

अबदेखि प्रहरीको तलब पनि पाक्षिक

अबदेखि प्रहरीको तलब पनि पाक्षिक

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति