एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ

एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ

सुर्खेत- नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ पर्नु भएको छ।  सम्पत्ति सुदृढीकरण (सम्पत्ति शुद्धीकरण) मुद्दामा उनलाई आज साँझ सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ एरीचोकस्थित शुभ होटलको सभा हलमा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रम चलिरहेको थियो । सोही कार्यक्रम स्थलबाटै साँझ ५:४५ बजे उपाध्यक्ष पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (SP) ठाकुर प्रसाद पौडेलको कमाण्डमा खटिएको १० जनाको विशेष प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ परेका पौडेललाई काठमाडौं ल्याउन सुर्खेतबाट नेपालगन्ज लगिएको हाम्रा समाचारदाता सुशिल खड्काले जनाएका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति

एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

सभापतिमा रवि लामिछानेको उम्मेदवारीमा बालेन प्रस्तावक

सभापतिमा रवि लामिछानेको उम्मेदवारीमा बालेन प्रस्तावक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

संस्था बलियो भएन भने संस्थामा काम गर्नेको जागिर पनि सुरक्षित हुँदैन- मन्त्री तिमिल्सिना

संस्था बलियो भएन भने संस्थामा काम गर्नेको जागिर पनि सुरक्षित हुँदैन- मन्त्री तिमिल्सिना