राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा

राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आज विशेष अदालतमा बिगाे र जरिवाना मागदाबी सहित मुद्दा दायर गरेको हो ।
अख्तियारले महानिर्देशक अर्याल, निर्देशक सुनिल केसी, लेखा अधिकृत तुलसी आचार्य, निर्देशक शत्रुधन शर्मा पोखरेल र रविन्द्र राजभण्डारी, उपसचिवहरू राजाराम दाहाल, भेष प्रसाद भुर्तेल, पुस्कर नेपाल, अधिकृत सोमेश थापा, आईटी अधिकृत विपिन प्रसाईं, नेपाली सहजकर्ता सिद्धार्थ थापा र मनिन्द्रराज मल्ल लगायत १६ जना विरुद्ध मुद्दा दायर भएको हो ।

त्यस्तै, दुई कम्पनीलाई पनि यो मुद्दामा अख्तियारले प्रतिवादी बनाएको छ ।आरोपी विरुध्द १० अर्ब १३ करोड ४ लाख ६१ हजार ७७७ रूपैयाँ बिगो माग दावी गरिएको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिनु भयो।

आयोगले १० जना कर्मचारी, २ कम्पनी, ४ विदेशी नागरिक र २ जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाएको सुचना अधिकारी हितानले बताउनु भयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति

एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

सभापतिमा रवि लामिछानेको उम्मेदवारीमा बालेन प्रस्तावक

सभापतिमा रवि लामिछानेको उम्मेदवारीमा बालेन प्रस्तावक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

संस्था बलियो भएन भने संस्थामा काम गर्नेको जागिर पनि सुरक्षित हुँदैन- मन्त्री तिमिल्सिना

संस्था बलियो भएन भने संस्थामा काम गर्नेको जागिर पनि सुरक्षित हुँदैन- मन्त्री तिमिल्सिना