हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँः सभापति लामिछाने

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँः सभापति लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने बताउनुभएको छ ।

पार्टीको महाधिवेशनअघि आज यहाँ भएको बैठकमा उहाँले लोकतन्त्रबाट आफूहरू कदापि विमुख नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान मुलुकलाई अहिलेको अवस्थामा ल्याउन योगदान गरेकाहरूको जगमा हामी उभिएका छौँ, हामीलाई यसमा गर्व छ । हामी गर्वका साथ यो परिवर्तनको सँघारमा उभिएका छौँ। लोकतन्त्रबाट विमुख हुनेछैनौँ”

आन्तरिक लोकतन्त्रलाई मजबुत पार्न सकिएन भने कुनै न कुनै बिन्दुमा पुगेर त्यसले दुर्घटना निम्त्याउने भन्दै उहाँले भन्नुभयो “एउटा घरमा पनि दुर्घटना र समाजमा हुने दुर्घटना भन्दा राजनैतिक पार्टीमा हुने दुर्घटनाको निकै ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ ।” सचेत भएर अबका कदम चाल्नुपर्ने उहाँले बताउनुभयो ।

जुन भूमिकामा रहे पनि आफूलाई जिम्मेवार नागरिकका रुपमा प्रस्तुत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै सभापति लामिछानेले अस्वस्थ प्रतिस्र्धाबाट टाढा रहनुपर्नेमा जोड दिनुभयो ।

पार्टीलाई अझ व्यवस्थित एवं गतिशील तुल्याउन अधिवेशन सफल हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँः सभापति लामिछाने

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँः सभापति लामिछाने

चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा

चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा

रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न

रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न

सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

जहाँ धुलो र हिलोको सास्ती थियो,आज त्यहीँ विकास मुस्कुराएको छ

जहाँ धुलो र हिलोको सास्ती थियो,आज त्यहीँ विकास मुस्कुराएको छ

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण – सार्वजनिक सेवा प्रसारण संस्था

ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण – सार्वजनिक सेवा प्रसारण संस्था