जहाँ धुलो र हिलोको सास्ती थियो,आज त्यहीँ विकास मुस्कुराएको छ

जहाँ धुलो र हिलोको सास्ती थियो,आज त्यहीँ विकास मुस्कुराएको छ

भक्तपुर – कुनै समय सानोठिमी क्याम्पस र आदर्श माध्यमिक विद्यालय अगाडिको सडक खण्ड धुलो, हिलो र खाल्डाखुल्डीका कारण स्थानीयवासी तथा यात्रुका लागि सास्तीको पर्याय बनेको थियो। दिउँसो घाम लाग्दा धुलो उड्ने र वर्षायाममा पानी जमेर हिलाम्मे सडकमा आवतजावत नै कठिन हुने अवस्था थियो।

तर आज यही सडकको स्वरूप पूर्ण रूपमा बदलिएको छ। मध्यपुर थिमि नगरपालिका–२ मा रहेको यो सडक अहिले व्यवस्थित शहरी विकासको उदाहरणका रूपमा स्थापित भएको छ।

स्थानीय सरकार र जनप्रतिनिधिहरूको दूरदर्शी योजना, निरन्तर पहल तथा अथक प्रयासका कारण सडकको स्तरवृद्धिसँगै यहाँको समग्र वातावरणमा उल्लेखनीय परिवर्तन आएको छ।

फराकिलो र सुविधासम्पन्न सडक, हरियालीसहितको सौन्दर्यीकरण तथा व्यवस्थित पूर्वाधार निर्माणले यस क्षेत्रको मुहार नै फेरिएको छ।

केही वर्षअघिसम्म धुलो र हिलोले हैरान बनाउने यो सडक अहिले सफा, सुन्दर र आकर्षक बनेर स्थानीयवासीलाई सहज आवागमनको अनुभूति गराइरहेको छ।

विकास र परिवर्तनको प्रत्यक्ष अनुभूति गर्न सकिने यो क्षेत्र अहिले मध्यपुर थिमि नगरपालिकाको सफल पूर्वाधार विकासको एउटा उदाहरण बनेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँः सभापति लामिछाने

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँः सभापति लामिछाने

चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा

चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा

रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न

रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न

सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

जहाँ धुलो र हिलोको सास्ती थियो,आज त्यहीँ विकास मुस्कुराएको छ

जहाँ धुलो र हिलोको सास्ती थियो,आज त्यहीँ विकास मुस्कुराएको छ

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण – सार्वजनिक सेवा प्रसारण संस्था

ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण – सार्वजनिक सेवा प्रसारण संस्था